२०८२ भाद्र २ गते सोमवार
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार १०२ जना कोभिड १९ संक्रमण मुक्त भएका छन् । यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या २८ लाख ५ हजार ३९९ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार बिहानसम्म थप २ लाख ४० हजार ८४२ जना नयाँ संक्रमित पहिचान भएका छन् । भारतमा हालसम्म २ करोड ६५ लाख ३० हजार १३२ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो केही सातादेखि भने संक्रमितको संख्यामा कमी आइरहेको छ ।
यस्तै, एकैदिन ३ हजार ७४१ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा कोभिड १९ का कारण २ लाख ९९ हजार २६६ जनाको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij