२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । आइतबार दुई छोराछोरीसहित आमा बेपत्ता भएको घटनामा आमा पश्चात् छोरीको पनि शव फेला परेको छ ।
गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी ३८ वर्षीय माया कठायत, ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएका थिए ।
जसमध्ये मायाको शव सोमबार बेलुका भेरी नदीमै फेला परेको थियो । यस्तै, छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट नगरपालिका-१३ को भम्का भन्ने स्थानमा फेला परेको सुर्खेत प्रहरीले जनाएको छ ।
यस्तै छोराको अवस्था भने अझै अज्ञात छ । माया आइतबार बिहान ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij