Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

अस्पतालको आइसीयूमा आगलागी, १० बिरामीको मृत्यु

अस्पतालको आइसीयूमा आगलागी, १० बिरामीको मृत्यु


  • 792
    Shares

    • images
    अस्पतालको आइसीयूमा आगलागी, १० बिरामीको मृत्यु

    काठमाडौं । भारतको ओडिशा राज्यस्थित कटक शहरको एससीबी मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयू)मा भीषण आगलागी हुँदा कम्तीमा १० बिरामीको मृत्यु भएको छ।

    भारतीय अधिकारीहरूका अनुसार बिहान करिब साढे दुईदेखि तीन बजेको बीचमा अस्पतालको सघन उपचार कक्षमा आगो लागेको थियो। 

    आगलागीपछि गम्भीर अवस्थाका बिरामीहरूलाई अन्य कक्षमा सार्ने क्रममा कोलाहल मच्चिएको थियो।

    उद्धारका क्रममा अस्पतालका ११ कर्मचारी घाइते भएका छन् भने २३ बिरामीलाई अन्य कक्षमा सारिएको बताइएको छ। घटनापछि दमकल, प्रहरी र चिकित्सालयका कर्मचारीले मिलेर आगो नियन्त्रणमा लिएका थिए।

    घटनापछि राज्यका मुख्यमन्त्री मोहनचरण माझी र स्वास्थ्य मन्त्री मुकेश महालिङ अस्पताल पुगेका थिए। 

    प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ। सरकारले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ।

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - ०७:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij