Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

६ हजार ३७७ सिलिण्डर ग्यास लुकाएर राखेको अवस्थामा फेला, ३ लाख जरिवाना

६ हजार ३७७ सिलिण्डर ग्यास लुकाएर राखेको अवस्थामा फेला, ३ लाख जरिवाना


  • 316
    Shares

    • images
    ६ हजार ३७७ सिलिण्डर ग्यास लुकाएर राखेको अवस्थामा फेला, ३ लाख जरिवाना

    काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ललितपुरस्थित हरिसिद्धिमा एक ग्यास कम्पनीको मुख्य गोदाममा छापा मारेर ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

    विभागका प्रवक्ता तथा निर्देशक नरहरी तिवारीका अनुसार बजारमा खाना पकाउने ग्यासको हाहाकार भइरहँदा श्रीराम ग्यास उद्योगको हरिसिद्धिस्थित मुख्य गोदाममा लुकाएर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान भरिएको सिलिण्डर फेला पारिएको छ ।

    सर्वसाधारणले ग्यास साट्न जाँदा छैन भनेर फर्काउने गोदामका सञ्चालनले ठूलो परिणाममा भरिएको सिलिण्डर फेला पारेका थिए । तिवारीका अनुसार आम उपभोक्ताबाट प्राप्त भएको सूचनाको आधारमा छापा मारिएको थियो ।

    बजारमा ग्यासको हाहाकार भइरहेको अवस्थामा अनावश्यक रुपमा लुकाएर भण्डारण गरेको अभियोगमा उपभोक्ता संरक्षण ऐनअनुसार गोदाम सञ्चालकबाट अधिकतम ३ लाख रुपैयाँ जरिवाना गराइएको छ ।

    उक्त सिलिण्डर विभागले आफ्नो नियन्त्रणमा लिएको छ । विभागले उक्त सिलिण्डर नेपाल आयल निगममार्फत बितरण गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १८:५४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij