Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

रवि लामिछानेको अभियोग संसोधन मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा राखियो

रवि लामिछानेको अभियोग संसोधन मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा राखियो


  • 624
    Shares

    रवि लामिछानेको अभियोग संसोधन मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा राखियो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

    सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएपनि हेर्दाहेर्दैमा राखिएको हो ।  उक्त मुद्दाको भोलि फेरि सुनुवाइ हुनेछ । 

    महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

    सो निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।  

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १७:३४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij