Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु


  • 596
    Shares

    • images
    कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं । कालीकोट आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो ।

    डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।

    करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेको स्थानीय कमलप्रसाद बरालले बताए ।

    करेन्ट लागेको खबर पाएपछि इलाका प्रहरी कार्यालय रास्कोटको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए । 

     

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १६:५३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij