२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । विशेष अदालतले अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । सोमबार विशेष अदालतमा उपस्थित भएका चालिसेसँग अदालतले बयान लिएपछि थुनछेक आदेश दिएको हो ।
चालिसेले अदालतले तोकेको धरौटी रकम बुझाएपछि तारिखमा रिहा भई मुद्दाको थप प्रक्रिया बाहिरबाटै अघि बढाउन पाउने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij