Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शेयर बजारमा २६ अंकको गिरावट, ५ कम्पनीमा सकारात्मक सर्किट

शेयर बजारमा २६ अंकको गिरावट, ५ कम्पनीमा सकारात्मक सर्किट


  • 547
    Shares

    • images
    शेयर बजारमा २६ अंकको गिरावट, ५ कम्पनीमा सकारात्मक सर्किट

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २,७९८ को विन्दुमा कायम भएको छ । 

    आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ १.६१, विकास बैंक ०.८४, फाइनान्स ०.७१, होटल तथा पर्यटन ०.२६, लगानी १.५२, जीवन बीमा ०.९४, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४५, अन्य १.०९ तथा व्यापार समूह ०.२१ प्रतिशत घटेको छ ।

    ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् । त्यस्तै पिपुल्स हाइड्रोपावरको ६.५१, सिन्धु विकास बैंकको ६.३३, नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    2.JPG

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १५:३५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij