Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

संसद विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेता पक्राउ

संसद विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेता पक्राउ


  • 4.5K
    Shares

    संसद विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेता पक्राउ
    images

    काठमाडौं । संसद विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेता पक्राउ परेका छन् । नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका हुन् ।

    उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए । नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए । त्यसपछि नेविसंघले राँके जुलुस निकाल्नुका साथै पुत्ला दहनसमेत गरेको छ ।

    प्रदर्शनमा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई गर्नुपर्ने नेविसंघका महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमल्सिनाले माग गरेका छन् ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - ११:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij