Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुई छोराछोरीसहित एक महिला बेपत्ता, भेरीको किनारमा भेटियो झोला र मोबाइल

दुई छोराछोरीसहित एक महिला बेपत्ता, भेरीको किनारमा भेटियो झोला र मोबाइल


  • 386
    Shares

    • images
    दुई छोराछोरीसहित एक महिला बेपत्ता, भेरीको किनारमा भेटियो झोला र मोबाइल

    काठमाडौं । सुर्खेतमा एक महिला आफ्ना दुई छोराछोरीसहित बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी ३८ वर्षीय माया कठायत, उनकी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायत रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, आइतबार बिहान ७ बजेतिर माया छोराछोरीसहित घरबाट सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।

    त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए ।

    घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको प्रहरी नायव उपरीक्षक बुढाथापाले बताएका छन् । 

    प्रहरीले उनीहरू भेरीमा बेपत्ता भएको आशङ्का गरेको छ । उनका अनुसार, हाल भेरी नदीको आसपासको क्षेत्रमा खोजतलासको लागि ३५ जना प्रहरी तथा स्थानीय व्यक्ति मिलेर खोजतलास गरिरहेका छन् ।  

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - ११:५०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij