Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

माओवादी केन्द्रका नेता पाण्डेलाई गोली हानेको आरोपमा जसपाका जिल्ला सदस्यसहित २ जना पक्राउ

माओवादी केन्द्रका नेता पाण्डेलाई गोली हानेको आरोपमा जसपाका जिल्ला सदस्यसहित २ जना पक्राउ


  • 5.2K
    Shares

    माओवादी केन्द्रका नेता पाण्डेलाई गोली हानेको आरोपमा जसपाका जिल्ला सदस्यसहित २ जना पक्राउ
    images

    कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले जसपाका जिल्ला नेतालाई पक्रेको छ ।

    कपिलवस्तु नगरपालिका–१ घर भएका ३९ वर्षीय ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए । ओमप्रकाश जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला समिति सदस्य हुन् । उनीसँगै प्रहरीले ३३ वर्षीय साकिर अलि पाखियालाई पनि पक्राउ गरेको छ ।

    जेठ ५ मा राती उनीहरुले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका थिए । गोली लागेर घाइते भएका कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमानको उपचार भइरहेको छ ।

    दिपक पाण्डेसहित ३ जना लु.९ प.८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए । उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले पेस्तोलबाट ३ राउण्ड गोली हानेर भागेका थिए । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

    दिपक पाण्डेलाई उपचारका लागी भैरहवा मेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ । ओमप्रकाश र दिपक पाण्डेको बीचमा व्यक्तिगत दुस्मनी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १४:०३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij