Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सुरु भयो विपक्षी दलको संयुक्त बैठक, के होला निर्णय ?

सुरु भयो विपक्षी दलको संयुक्त बैठक, के होला निर्णय ?


  • 6.6K
    Shares

    सुरु भयो विपक्षी दलको संयुक्त बैठक, के होला निर्णय ?
    images

    काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि आगामी रणनीति तय गर्न विपक्षी दलको संयुक्त बैठक सुरू भएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बसिरहेको छ । 

    नेपाली कांग्रेसको आह्वानमा माओवादी केन्द्र, एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाको उपेन्द्र-बाबुराम पक्ष तथा राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो । 

    बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अगाडि बढ्ने विषयमा छलफल  हुने बताइएको छ । दलहरूले बैठकबाट संसद् विघटन गर्ने कदमविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताएका छन् ।

    संविधानविद्हरूले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुपर्ने सुझावसमेत दिएका छन् । आजको बैठकले विभिन्न विषयमा छलफल गरेर कार्यक्रम सार्वजनिक गर्नेछ।

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १३:२०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij