Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

बालेनले बुझाए चुनावी खर्च १४ लाख १७ हजार रुपैयाँ , यस्तो छ विवरण

बालेनले बुझाए चुनावी खर्च १४ लाख १७ हजार रुपैयाँ , यस्तो छ विवरण


  • 1.1K
    Shares

    बालेनले बुझाए चुनावी खर्च १४ लाख १७ हजार रुपैयाँ , यस्तो छ  विवरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

    उनले दुई वटा सवारी साधन भाडा १५ दिनको दरले २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ ।

    पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च २८ हजार ९७० खर्च भएको विवरणमा उल्लेख छ ।

    यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ ।

    यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण छ ।balen-chunab-kharcha-1084x1536.jpg

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - १३:४८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij