Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


  • 2.0K
    Shares

    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा उच्च चापीय प्रणाली र न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने सम्भावना रहेको छ । केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ। 

    सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भामामा  साधारणतया बादल लाग्नेछ।  बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । 

    कोशी, मधेस, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी  प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ०७:२९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij