Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु

पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु


  • 6.8K
    Shares

    पोखरीमा नुहाउन गएका बालकको डुबेर  मृत्यु
    images

    राजविराज । नुहाउन गएका १० वर्षीय बालकको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको छ ।

    शम्भुनाथ नगरपालिका–१२ का मुनिलाल साहको छोरा रुपेशको मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको मृतकका परिवारका सदस्यले समेत बताएका छन् ।

    परिवारका अनुसार बिहान पानी पर्न रोकिएपछि घर नजिकै रहेको सार्वजानिक पोखरीमा रुपेश नुहाउन गएका थिए । घरदेखि दक्षिण अवस्थित सार्वजानिक पोखरीमा दिउँसो नुहाउन गएका उनी डुबेर घाइते भएपछि निकालेर राजविराज ल्याएको मृतकका बुवा मुनीलालले बताए ।

    उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालका डा. महेश साहका अनुसार उपचारका लागि अस्पतालमा ल्याउँदा बालकको मृत्यु भइसकेको थियो ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १७:०६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij