Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव, १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेता शीतल निवासतर्फ

देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव, १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेता शीतल निवासतर्फ


  • 4.8K
    Shares

    देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव, १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेता शीतल निवासतर्फ

    काठमाडौँ । संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् ।

    गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । 

    विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ । 

    हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १५:३८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij