Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्लाबारे आयोग के भन्छ ?

आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्लाबारे आयोग के भन्छ ?


  • 2.5K
    Shares

    आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्लाबारे आयोग के भन्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको भन्दै सामाजिक सञ्जालमा चलेको हल्ला भ्रामक रहेको पाइएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हल्लामा कुनै सत्यता नभएको बताए ।

    केही सञ्चारमाध्यमले तामाङसँग जर्मनीको पीआर रहेको भन्दै आज उनको उम्मेदवारी आयोगले रद्द गर्न लागेको समाचार प्रकाशन गरेका छन्। तीनै समाचार भाइरल बनाउँदै रास्वपाको थप एक सिट घटेको दावी गरिएको छ । आयोगले भने तामाङको उम्मेदवारी कायम रहेको जनायो ।

    प्रवक्ता भट्टराईले भने, ‘मिडियाले आफूखुशी समाचार लेख्छन्, आफैं निर्णय सुनाउँछन् । त्यसमा कुनै पनि सत्यता छैन ।’ तामाङको उम्मेदवारी सम्वन्धमा आयोगमा छलफल नभएको भन्दै उनले मिडिया ट्रायल गर्न खोजिएको जनाए ।

    निर्वाचनको मनोनयन दर्ताका बेला पनि तामाङसँग जर्मनीको पीआर रहेकाले उनी उम्मेदवार बन्न नसक्ने दावी विरोधिहरुले गरेका थिए । त्यसबेला तामाङले आफ्सँग विगतमा जर्मनीको टिआर (टेम्पोरेरी रेजिडेन्सी भिसा) रहेको भए पनि अहिले निस्क्रिय भइसकेको बताएकी थिइन्। आवश्यक जाँचबुझपछि आयोगले उनको मनोनयनपत्र स्वीकार गरेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २० २०८२ बुधवार - १२:४३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij