२०८२ फाल्गुण १९ गते मंगलवार
काठमाडौं । प्रतिनिधिसभा निवार्चनलाई प्रभाव पार्ने गरि सामाजिक सञ्जाल फेसबुक मार्फत समाजमा झुटा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका वडा नं।३ महेन्द्रचौक बस्ने २७ वर्षिय रामचन्द्र ठाकुर रहेका छन् । उनलाई इनरुवा महेन्द्र चोकबाट अफवाह फैलाउन प्रयोग गरेको मोवाईल डिभाइस सहित पक्राउ गरिएको हो।
उनीमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी चन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij