२०८२ फाल्गुण १९ गते मंगलवार
एजेन्सी । फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ।
हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको अधिकारीहरूले बताएका छन् । रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पाङ्गाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको जनाउँदै पाइलटको अवस्था गम्भीर रहेको बताए ।
प्रहरी अधिकारी पाङ्गाले हेलिकोप्टरको इन्जिनमा समस्या आएकाले थाहा पाए पछि आपतकालीन अवतरण गर्ने प्रयास गर्दा गर्दै दुर्घटना भएको बताउनु भएको छ । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij