Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

भक्तपुरको भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ

भक्तपुरको भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ


  • 638
    Shares

    भक्तपुरको भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ परेका छन् ।

    सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका(९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरेको हो ।

    भुम्डोल बस्दै आएका उनीबाट राइफल र एसएलआरको ४ राउण्ड गोली, प्लाष्टिक राउण्ड २ वटा, सट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।

    उनलाई  आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले बताए । उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - १३:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij