Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिए महिला सैनिक

कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिए महिला सैनिक


  • 5.1K
    Shares

    कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिए महिला सैनिक
    images

    महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका –३ मलिवाराका कोरोना संक्रमित ८६ वर्षीय पुरुषको आज बिहान मृत्यु भयो । होम आइसोलेशनमै मृत्यु भएका उनको शव व्यवस्थापनका लागि आफन्तले जिल्ला प्रशासन कार्यालय,  प्रहरी र सेनालाई खबर गरे ।  सो शव व्यवस्थापनमा नेपाली सेनाका महिला सैनिक खटिए । 

    जिल्ला प्रशासन कार्यालयका अनुरोधमा जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणबाट महिला सैनिक टोलीले मलिवारास्थित रातो नदीमा हिन्दू परम्परानुसार शव व्यवस्थापन गरेको  गणपति प्रमुख सेनानी शिवहरि केसीले बताउनुभयो । महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिँदै आएकामा अब महिला सैनिक पनि खटिन थालेका हुन् ।  

    रणभीम गणले पहिलो पटक सहसेनानी आरती राना मगरका नेतृत्वमा पाँच महिला सैनिकलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो ।

    मृत्यु हुनेको संख्या बढेपछि महिला सैनिक टोलीलाई यो काम गर्न भ्याइनभ्याइ छ । होम आइसोलेशनमा मृत्यु भएकाहरूको प्लाष्टिक वा डेथ बडी ब्यागमा बेर्ने गर्ने काम उनीहरुले गर्छन् । जोखिमपूर्ण मानिएको सो काममा उनीहरु आफैंँ खटिने मात्रै होइन संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भनी स्वास्थ्यकर्मीलाई तालीम पनि दिन्छन् ।

    आजसम्म मृत्यु भएका ४६ मध्ये १३ जनाको शव व्यवस्थापन गणले शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार गरेको  रणभीम गणले जनाएको छ ।  प्रमुख सेनानी केसीले पुरुष, महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताउनुभयो । रासस

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १३:१२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij