महाराजगन्ज र नैकापमा गाडीमाथि आगजनी - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

महाराजगन्ज र नैकापमा गाडीमाथि आगजनी

महाराजगन्ज र नैकापमा गाडीमाथि आगजनी


  • 428
    Shares

    महाराजगन्ज र नैकापमा गाडीमाथि आगजनी

    काठमाडौं । काठमाडौंको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

    महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ । 

    घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको एसपी भट्टराईले बताए । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - ०९:५३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij