आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


  • 309
    Shares

    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो कोसी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । 

    वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहने बताएको छ । कोसी र गण्डकी  प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - ०८:३५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij