Logo

२०८२ फाल्गुण १९ गते

images
images
रामेछाप दुर्घटना अपडेट : असई यादवको मृत्यु, ७ जना घाइते - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

images

रामेछाप दुर्घटना अपडेट : असई यादवको मृत्यु, ७ जना घाइते

रामेछाप दुर्घटना अपडेट : असई यादवको मृत्यु, ७ जना घाइते


  • 806
    Shares

    रामेछाप दुर्घटना अपडेट : असई यादवको मृत्यु, ७ जना घाइते

    रामेछाप । रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    रामेछाप नगरपालिका–२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गाडीमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए । गाडीमा ११ जना सवार रहेको र ती मध्ये ३ जना भने गाडीबाट हाम फालेका थिए ।

    सदरमुकाम मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली  माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो । 

    प्रकाशित मिति :फाल्गुण १८ २०८२ सोमवार - १८:२६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij