Logo

२०८२ फाल्गुण १९ गते

images
images
पश्चिमी वायुको प्रभाव: तीन प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

images

पश्चिमी वायुको प्रभाव: तीन प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: तीन प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना


  • 1.1K
    Shares

    पश्चिमी वायुको प्रभाव: तीन प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका केही पहाडी र हिमाली भू-भागमा सामान्य मौसम बद्ली हुने देखिएको छ।

    महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू-भागमा आंशिक बदली हुनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका साथै बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

    आज राती तराईका थोरै स्थानहरूमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। राती पनि कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८२ सोमवार - ०८:३२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij