Logo

२०८२ फाल्गुण १८ गते सोमवार

२०८२ फाल्गुण १८ गते सोमवार

घरमै पालेको कुकुरको चुम्बनले काट्न पर्यो दुबै हात र खुट्टा

घरमै पालेको कुकुरको चुम्बनले काट्न पर्यो दुबै हात र खुट्टा


  • 519
    Shares

    घरमै पालेको कुकुरको चुम्बनले काट्न पर्यो दुबै हात र खुट्टा

    काठमाडौं । यूकेकी एक महिला आफ्नो सानो कुकुरको चुम्बनले जीवन उथलपुथल अवस्थामा पुगेकी छिन्।

    ५० वर्षिया मान्जित सङ्घा सानो घाउमा उनको घरमै पालेको कुकुरले चाटेपछि रगतमा ब्याक्टेरिया प्रवेश गरी गम्भीर सेप्सिसको शिकार भइन्। सामान्य चोट अचानक शरीरभर फैलिने संक्रमणको रूपमा रूपान्तरण भयो।

    उनी बेहोस अवस्थामा भेटिईन् । हात–खुट्टा चिसो, ओठ नीलो हुँदै सबै उनका अङ्गहरू काम गर्न छाडेको संकेत थियो। डाक्टरहरूले आपतकालीन उपचारमा राखे र करिब ३२ हप्तासम्म अस्पतालमा ज्यानको लागि लडाईं लड्नुपर्यो ।

    संक्रमणले शरीरभर टिश्यु नष्ट गर्‍यो र रगतको प्रवाहलाई खतरनाक रूपमा घटायो। अन्ततः ज्यान जोगाउन डाक्टरहरूले दुबै हात र घुँडामुनि दुबै खुट्टा काट्न बाध्य भए।

    विशेषज्ञहरूको भनाइ अनुसार, पेट्सको (पाल्तु जनावर)र्यालमा ब्याक्टेरिया हुन सक्छ, जुन खुला घाउबाट शरीरमा प्रवेश गर्न सक्छ। यस्ता घटनाहरू दुर्लभ भए तापनि सेप्सिसको खतरालाई देखाउँछन् – जुन अक्सर Silent Killer” भनेर चिनिन्छ।

    महिनौंको उपचारपछि सङ्घा बाँचिन्, तर उनको जीवन स्थायी रूपमा परिवर्तन भयो। यदि तपाईंको घरमा कुकुर वा बिरालो छ भने, यी कुरामा ध्यान दिनुस् –

    - खुला घाउ भए तुरुन्त सफा गर्नुहोस् र ढाक्नुहोस्।  -जनावरले घाउ चुम्न नदिनुहोस्।
     - संक्रमणका प्रारम्भिक लक्षणहरू (जस्तै ज्वरो, सुजन, रातोपन) देखिए तुरुन्त डाक्टरसँग जाँच गर्नुहोस्।
     - हात–खुट्टा चिसो, ओठ नीलो, बेहोस हुने जस्ता गम्भीर लक्षण आए तत्काल आपतकालीन उपचार खोज्नुहोस्।
     - जनावरको र्यालामा ब्याक्टेरिया हुनसक्छ, तर सावधानी अपनाउँदा जोखिम कम गर्न सकिन्छ।

    मान्जित सङ्घाको अनुभवले देखाउँछ कि सामान्य घटना पनि कहिलेकाहीँ जीवन बदल्ने स्थितिमा परिणत हुन सक्छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १९:०८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij