Logo

२०८२ फाल्गुण १८ गते सोमवार

२०८२ फाल्गुण १८ गते सोमवार

मासिक ८० हजार कमाउनेलाई एक पैसा पनि कर तिर्नु नपर्ने बनाउँछौँ: गगन थापा

मासिक ८० हजार कमाउनेलाई एक पैसा पनि कर तिर्नु नपर्ने बनाउँछौँ: गगन थापा


  • 183
    Shares

    मासिक ८० हजार कमाउनेलाई एक पैसा पनि कर तिर्नु नपर्ने बनाउँछौँ: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति बढाउनुपर्ने प्रस्ताव गरेका छन्। वार्षिक १० लाख रुपैयाँसम्म कमाउने नागरिकलाई करको दायराबाट पूर्ण रूपमा मुक्त गरे मात्रै बजारमा आर्थिक गतिविधि बढ्ने उनले दाबी गरे।

    आइतबार काठमाडौंको सामाखुशीमा आयोजित क्षेत्र नं. ५ र ६ को संयुक्त आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले अर्थतन्त्रप्रति नागरिकको विश्वास डगमगाएकाले त्यसलाई पुनस्र्थापित गर्न कर प्रणालीमा सुधार आवश्यक रहेको बताए।

    ‘अहिले अर्थतन्त्रमा सबैभन्दा ठूलो संकट विश्वासको छ,’ थापाले भने, ‘कांग्रेसले ल्याएको प्रस्तावमा वर्षको १० लाख अर्थात् महिनाको करिब ८० हजार रुपैयाँसम्म कमाउने नागरिकले एक पैसा पनि कर तिर्नु पर्दैन। यहाँबाट सुधारको सुरुवात हुन्छ।’

    थापाले मध्यम वर्गको हातमा पैसा बचत हुँदा मात्रै खर्च गर्ने आत्मविश्वास (कन्फिडेन्स) बढ्ने तर्क गरे। ‘जब नेपालको मध्यम वर्गले १० लाख रुपैयाँ कमाउँदै गर्दा कर तिर्नु पर्दैन, तब उसले ढुक्कसँग खर्च गर्छ र त्यसले बजारलाई चलायमान बनाउँछ,’ उनले थपे।

    आर्थिक सुधारका लागि पूर्वाधार निर्माणको गति पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो। समयमै आयोजनाहरू सम्पन्न नहुँदा अर्थतन्त्रमा अतिरिक्त भार थपिएको भन्दै उनले कार्यशैली बदल्नुपर्नेमा जोड दिए । ‘पूर्वाधार समयमै बन्ने कुरा सिधै अर्थतन्त्रसँग जोडिन्छ,’ उनले भने।

    महामन्त्री थापाले कांग्रेसको अबको आर्थिक नीति आम नागरिकको गोजीमा पैसा पुर्‍याउने र उनीहरूको मनोबल उच्च बनाउने तर्फ केन्द्रित हुनुपर्ने बताए । यो प्रस्ताव कार्यान्वयन भएमा युवा उद्यमी, शिक्षक, कर्मचारी र साना व्यवसायीले ठूलो राहत पाउने उनको जिकिर छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १७:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij