Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पूर्वमन्त्री शाहीको ७७ वर्षको उमेरमा निधन

पूर्वमन्त्री शाहीको ७७ वर्षको उमेरमा निधन


  • 4.6K
    Shares

    पूर्वमन्त्री शाहीको ७७ वर्षको उमेरमा निधन
    images

    दैलेख । पूर्वमन्त्री डा. प्रेमबहादुर शाहीको निधन भएको छ ।

    ७७ वर्षका शाहीको उपचारका क्रममा शिक्षण अस्पताल काठमाण्डौमा निधन भएको उहाँका नाति मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

    २०४३ सालको आमचुनावमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएपछि शाही तीन वर्ष आपूर्ति सहायक मन्त्री बन्नुभएको थियो । दैलेखको दुल्लुमा २००१ सालमा जन्मेका शाही पीएचडी गर्ने कर्णाली प्रदेशको पहिलो व्यक्ति हुनुहुन्छ ।

    उहाँले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको हो । शाहीले ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धि’ पुस्तक लेख्नुभएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १२:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij