Logo

२०८२ फाल्गुण १६ गते शनिवार

२०८२ फाल्गुण १६ गते शनिवार

बहराइन, कतार, कुवेत र यूएईमा पनि मिसाइल प्रहार

बहराइन, कतार, कुवेत र यूएईमा पनि मिसाइल प्रहार


  • 1.7K
    Shares

    बहराइन, कतार, कुवेत र यूएईमा पनि  मिसाइल प्रहार

    काठमाडौं। इरानले बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको छ । बहराइनमा विस्फोट भइरहेको रिपोर्टहरू प्राप्त भएका छन् ।

    रोयटर्स समाचार एजेन्सीका अनुसार बहराइनको जुफैर क्षेत्रबाट धुवाँ निस्किएको देखिएको छ । यहाँ अमेरिकी नौसेनाको आधार शिविर रहेको छ।

    यसअघि, बहराइनको गृह मन्त्रालयले आपत्कालीन चेतावनी जारी गर्दै नागरिकहरूलाई नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

    बहराइनले त्यहाँस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लिटको मुख्यालयलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको पुष्टि गरेको छ ।

    अल जजीराले कुवेतमा पनि विष्फोटको आवाज सुनिएको जनाएको छ ।

    कतारले मोबाइल उपकरणहरूमार्फत् चेतावनी जारी गर्दै सबै नागरिकहरूलाई घरमा वा अन्यत्र जहाँ भए पनि सुरक्षित रहन र सैन्य आधार शिविरहरू बाट टाढा रहन र घरभित्रै बस्न आग्रह गरेको छ।

    कतारमा अमेरिकाको अल उदेद एयर बेस रहेको छ । कतारको हवाइ क्षेत्रमा प्रवेश गरेको इरानी मिसाइललाई रोकिएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार प्याट्रियट रक्षा प्रणालीले एक इरानी मिसाइललाई इन्टरसेप्ट गरेको छ ।

    रोयटर्स समाचार एजेन्सीका अनुसार संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा ठूलो विष्फोट भएको खबर प्राप्त भएको छ ।

    क्षेत्रीय तनाव चुलिएका बेला कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

    प्रकाशित मिति :फाल्गुण १६ २०८२ शनिवार - १५:३२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij