Logo

२०८३ बैशाख २ गते बुधवार

२०८३ बैशाख २ गते बुधवार

काँग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पती छानविन गर्छः गगन थापा

काँग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पती छानविन गर्छः गगन थापा


  • 1.4K
    Shares

    काँग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पती छानविन गर्छः गगन थापा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निःवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताए । सभापति थापाले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने काँग्रेसको संकल्प रहेको जिकिर गरे ।

    सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी काँग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए। 

    उनले भने,‘ देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली काँग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं । त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पती, मन्त्री भएको गगन थापाको सम्पती सबैभन्दा पहिला त्यहाँबाट छानविन शुरु गर्छ । आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानविन गर्छ । एउटा एउटा काण्डको छानविन गर्छ ।र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न । त्यसका लागि संस्था बनाउँछ, कानून बनाउँछ । यो नेपाली काँग्रेस पार्टीले संकल्प गरेर आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योगमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउँछ । तर कसरी रु चावुक चलाएर होइन । कसैलाई झुण्डयाएर होइन, कसैलाई ठोकेर होइन । नियम, कानून भित्र रहेर त्यो काम सकिन्छ ।’ 

    सभापति थापाले काँग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिन ढंगले छलफल गरेको दाबी समेत गरे । 

    images
    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १७:३२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij