२०८२ फाल्गुण १६ गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले सहकारी वचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली काँग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गरेका छन् ।
शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो कटाक्ष गरेका हुन् । उनले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा फागुन २१ मा मतपत्रमार्फत देखाइदिन मतदालाई आग्रह गरेका छन्।
उनले नेपाललाई मागिखाने नभई गरी खाने देश बनाउने प्रतिवद्धता समेत गरेका छन् । उनले पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij