Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सुतेकै ठाउँमा धारिलो हतियार प्रहार गरि पुरुषको हत्या

सुतेकै ठाउँमा धारिलो हतियार प्रहार गरि पुरुषको हत्या


  • 4.4K
    Shares

    सुतेकै ठाउँमा धारिलो हतियार प्रहार गरि पुरुषको हत्या
    images

    विराटनगर । मोरङको सुन्दरहरैँचामा सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला परेको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीमा ४० वर्षीय विष्णु ऋषिदेवको शव फेला परेको हो ।

    प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । ओछ्यानै हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

    शुक्रबार बिहान प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको अवस्थामा शव फेला पारेको थियो । मृतक पुरुष अर्धनग्न अवस्थामा छन् । घटनास्थल रगताम्य रहेको प्रहरीले बताएको छ ।

    गछिया खोला छेउको ऐलानी जग्गामा बनाएको छाप्रोमा विष्णु एक्लै बस्थे । उनकी श्रीमतीको मृत्यु भइसकेको छ । छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले बताएको छ ।

    शुक्रबार बिहान नउठेपछि बोलाउन गएका साथीहरुले हत्या गरिएको अवस्थमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले संकास्पदमाथि अनुसन्धान सुरु गरेको छ ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १२:०५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij