Logo

२०८२ फाल्गुण १६ गते शनिवार

२०८२ फाल्गुण १६ गते शनिवार

चौथो पटक एमाले प्रवेश गरे शाही

चौथो पटक एमाले प्रवेश गरे शाही


  • 1.8K
    Shares

    चौथो पटक एमाले प्रवेश गरे शाही

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य रहेका तर्कबहादुर शाही पुनः एमाले प्रवेश गरेका छन् । दैलेखका शाही एउटै पार्टीमा चार पटक प्रवेश गरेर रेकर्ड राखेका हुन् ।

    एमाले सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शाहीलाई बुधबार पार्टी प्रवेश गराएको बताइएको छ ।

    शाही कुनै बेला नेमकिपाको राजनीति गर्थे । बिचमा कांग्रेस हुँदै ५० को दशकको सुरुवातमा एमाले प्रवेश गरे । त्यसपछि एमाले विभाजन हुँदा उनी माले भए । पुनः बिचमै एमाले प्रवेश गरेका शाही ०७८ मा एमाले विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गए ।

    त्यसपछि बिचैमा ०७९ को स्थानीय तहको चुनावताका पुनः एमाले प्रवेश गरे । ०८० कात्तिकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री कार्यालयमै पुगेर माओवादी प्रवेश गरेका थिए ।

    पार्टीले टिकट नदिएपछि रुष्ट भएका उनी बुधबार चौथो पटक एमाले प्रवेश गरे । दैलेखी कम्युनिस्ट आन्दोलनका योद्धाका रूपमा चिनिने शाही आफूसँगै आफ्नी श्रीमती सुस्मिता सिंहलाई पनि सँगै पार्टी प्रवेश गराउने गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १२:१०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij