Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

हाइड्रोलिक उठाउँदा करेन्ट लागेर टिपर चालकको मृत्यु

हाइड्रोलिक उठाउँदा करेन्ट लागेर टिपर चालकको मृत्यु


  • 1.0K
    Shares

    हाइड्रोलिक उठाउँदा करेन्ट लागेर टिपर चालकको मृत्यु

    काठमाडौं । सिराहामा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ। शुक्रबार बिहान प्र.२-०-००१ क ००४५ नम्बरको टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको हो। 

    मृत्यु हुनेमा सिराहाको गोलबजार नगरपालिका-३ का ४३ वर्षीय सन्तोष साह छन्। टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। 

    उनलाई उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

    टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारण लाइनमा छोएपछि टिपरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। 

    घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।   

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - ११:५५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij