Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

बाँकेमा कोरोनाका कारण थप १५ जनाको मृत्यु

बाँकेमा कोरोनाका कारण थप १५ जनाको मृत्यु


  • 5.2K
    Shares

    बाँकेमा कोरोनाका कारण थप १५ जनाको मृत्यु
    images

    नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ८ जना, सल्यान र कैलालीका २–२ जना तथा बर्दिया, प्युठान र दाङका १–१ जना छन् । मृत्यु हुनेमा २५ देखि ७१ वर्ष सम्मका छन् । 

    जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ७१ वर्षीय पुरुष, कालिमाटी २ सल्यानका ३४ वर्षीय पुरुष, नेपालगन्ज १३ की ६३ वर्षीया महिला, खजुरा ७ बाँकेका ४८ वर्षीय पुरुष, लम्कीचुहा ३ कैलालीका ६७ वर्षीय पुरुष, खजुरा ३ बाँकेका ६७ वर्षीय पुरुष र कपुरकोट ४ सल्यानका ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

    त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी ५ प्युठानका ४० वर्षीय पुरुष, घोराही ५ दाङकी ३५ वर्षीया महिला, घोडाघोडी १० कैलालीकी ४० वर्षीया महिला, गुलरिया ६ बर्दियाकी ५५ वर्षीया महिला, राप्तीसोनारी ३ बाँकेका ३३ वर्षीय पुरुष, राप्तीसोनारी ८ बाँकेकी ५५ वर्षीया महिला, बैजनाथ ६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ ४ बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ ।

    योसँगै कोरोनाबाट बाँकेका २६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २२२ जनाको मृत्यु भएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १२:०३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij