२०८२ फाल्गुण १६ गते शनिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुन तोलामा ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ७४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij