Logo

२०८२ फाल्गुण १५ गते शुक्रवार

२०८२ फाल्गुण १५ गते शुक्रवार

कर्णालीका सांसद राजकुमार शर्मामाथिको कारबाहीमा सर्वोच्चको रोक

कर्णालीका सांसद राजकुमार शर्मामाथिको कारबाहीमा सर्वोच्चको रोक


  • 204
    Shares

    कर्णालीका सांसद राजकुमार शर्मामाथिको कारबाहीमा सर्वोच्चको रोक

    काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका सांसद राजकुमार शर्मामाथिको कारबाहीमा ब्रेक लगाइदिएको छ । बिहीबार सर्वोच्च अदालतले शर्माको पक्षमा आदेश दिएको हो ।

    तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक पार्टीको पक्षमा खुलेको भन्दै कारबाही गरेको थियो। सोहीअनुसार प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेसँगै शर्मा सर्वोच्च गएका थिए। 

    आज न्यायाधीश मेघराज पोखरेलको इजलासले अदालतले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत् कायम राख्ने आदेश दिएको हो । 

    इजलासको आदेशअनुसार अब शर्माको पद अन्तिम टुङ्गो नलागेसम्म पद कायम रहनेछ । यस सम्बन्धमा शर्माले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १७:४३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij