Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोरोनासँग लड्न अस्ट्रेलियाले नेपाललाई ७० लाख डलर दिने 

कोरोनासँग लड्न अस्ट्रेलियाले नेपाललाई ७० लाख डलर दिने 


  • 4.7K
    Shares

    • images
    कोरोनासँग लड्न अस्ट्रेलियाले नेपाललाई ७० लाख डलर दिने 

    अस्ट्रेलिया सरकारले आपतकालीन साहायता स्वरूप नेपाललाई ७० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ।

    नेपालमा कोभिड-१९ को माहामारीबाट बच्न आवस्यक उपकरण खरिदका लागि भन्दै उक्त रकम संयुक्त राष्ट्रसङ्घ तथा अन्य गैर-सरकारी संस्थामार्फत दिइने अस्ट्रेलियाली सरकारले बताएको हो।

    कोरोनाद्वारा अतिनै प्रभावित भारतसँगको सीमावर्ती क्षेत्रका नेपाली अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री, पीपीई, कोभिड-१९ परीक्षण किट र स्वास्थ्यकर्मीलाई तालिम अस्ट्रेलियाले दिदै आइरहेकोसमेत अस्ट्रेलियन सरकारले स्पष्ट पारेको छ।

    पछिल्लो कोरोना माहामारीसँग लड्न नेपालसँगै  बङ्गलादेश र श्रीलङ्कालाई समेत सहयोग गरिने यहाँको सरकारले बताएको छ।

    अस्ट्रेलियाकी परराष्ट्र मामिलासम्बन्धी मन्त्री मरिस् पेअनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय महासागरको उत्तर पूर्वी क्षेत्रका नेपाललगायतका मुलुकहरूलाई सहयोग गर्न आफूहरु कटिबद्ध रहेको बताएकी छन्।

    गत महीना फिर्ता बोलाईएका राजदूत महेशराज दाहालले अस्ट्रेलियन सरकारका प्रतिनिधिसँग भेंटी सहयोगको अपील गरेका थिए।

     

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - ११:४७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij