Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

निर्वाचनको दिन आन्तरिक तथा वाह्य हवाई उडान यथावत सञ्चालन गर्न गृह मन्त्रालयलाई पत्र

निर्वाचनको दिन आन्तरिक तथा वाह्य हवाई उडान यथावत सञ्चालन गर्न गृह मन्त्रालयलाई पत्र


  • 883
    Shares

    निर्वाचनको दिन आन्तरिक तथा वाह्य हवाई उडान यथावत सञ्चालन गर्न गृह मन्त्रालयलाई पत्र
    images

    काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ ।

    निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ । निर्णय अनुसार मतदानको दिन आन्तरिक र वाह्य उडान यथावत सञ्चालन हुनेछन् ।

    आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घररबसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले गृह मन्त्रालयलाई भनेको छ ।

    यसअघिका निर्वाचनमा आन्तरिक उडानका जहाज बन्द गर्ने प्रचलन थियो । सोही अनुसार नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी समेत जारी गरेको थियो ।  

     

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १३:५८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij