Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सीमा क्षेत्र निगरानीमा खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै

सीमा क्षेत्र निगरानीमा खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै


  • 6.0K
    Shares

    सीमा क्षेत्र निगरानीमा खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै
    images

    विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि सीमा क्षेत्र निगरानी र निषेधाज्ञा कार्यान्वयनमा फ्रन्टलाइनमा खटिँदै आएका सुरक्षाकर्मीमा पनि संक्रमण बढेको छ ।

    पछिल्लो समय आफ्नो भन्दा सर्वसाधारणलाई संक्रमणबाट जोगाउन भीडभाड नियन्त्रण अभियानमा जुटेका प्रदेश १ का प्रहरी कर्मचारीहरू नै संक्रमणको चपेटामा पर्न थालेका हुन् । अहिलेसम्म सशस्त्र, जनपद र ट्राफिक प्रहरी गरी १ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रदेश १ प्रहरी कार्यालयअन्तर्गत बिहीबारसम्म १ सय १३ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् । जसमध्ये आठ जना संक्रमणमुक्त भइसकेका छन् । अन्य सबै आइसोलेसनमा रहेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

    ‘निषेधाज्ञा कडाइका साथ पालना गराउन, जनचेतना जगाउन र मास्क नलगाउने र भीडभाड गर्नेलाई जरिवाना गर्न खटिएका प्रहरी नै संक्रमित भएका छन्,’ उनले भने, ‘महामारीका बेला आफ्नो सुरक्षाभन्दा जनताको जीउ ज्यानको सुरक्षाका लागि प्रहरी खटिँदा संक्रमण बढ्दै गएको हो ।’ सीमामा खटिँदा भारतबाट आउनेहरूको पनि प्रत्यक्ष सम्पर्कमा पुगेकाले प्रहरीमा संक्रमणको दर बढेको हो ।

    सडकमा खटिएका यस प्रदेशमा जिल्ला ट्राफिक प्रहरी मोरङका प्रमुखसहित २६ जना ट्राफिक प्रहरी संक्रमित भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सञ्जीव शर्माले संक्रमित भएकामध्ये बिहीबारसम्ममा ४ जना संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् भने अन्य आइसोलेसनमा रहेको बताए ।

    सीमा क्षेत्रको निगरानीको जिम्मेवारी सम्हाल्दै आएका प्रदेश १ का २६ जना सशस्त्र प्रहरी संक्रमित भएका छन् । संक्रमितमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौं पठाइएको, ३ जना निको भएर काममा फर्किएको र २२ जना आइसोलेसनमा रहेको सशस्त्र प्रहरी नेपाल प्रदेश–१ बराह वाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले बताए ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - ११:२३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij