२०८२ फाल्गुण १४ गते बिहिवार
काठमाडौं । नेपालको अग्रणी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरबको लोकप्रिय डिजिटल वालेट टिकमोबिच डिजिटल कारोबार विस्तारसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
साउदी अरबको राजधानी रियादमा आयोजित एक विशेष कार्यक्रमका बीच आइएमईका अध्यक्ष हेमराज ढकाल र टिकमोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अलअज्लानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा साउदीका लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौड्याललगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
यस सम्झौताले नेपाल र साउदी अरबबीच परम्परागत रकम पठाउने माध्यमलाई रूपान्तरण गर्दै एउटा डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको छ।
सम्झौतासँगै आइएमईले टिकमोमार्फत आइएमई गरौँ, उपहार जितौँ नामक योजना पनि सार्वजनिक गरेको छ। आगामी चैत्र १७ गतेसम्म सञ्चालन हुने यस योजनाअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिकमो एप प्रयोग गरी आइएमईमार्फत नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।
विगत २२ वर्षदेखि सेवा दिइरहेको आइएमईले नेपालका ७७ वटै जिल्लामा रहेका करिब १२ हजार सब(एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित रूपमा रेमिट्यान्स वितरण गर्दै आएको छ भने टिकमो साउदी अरबमा अन्तर्राष्ट्रिय रकम ट्रान्सफर र डिजिटल भुक्तानीका लागि रुचाइएको वालेट हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij