Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना संक्रमणबाट माओवादी नेतृ घर्तीको मृत्यु

कोरोना संक्रमणबाट माओवादी नेतृ घर्तीको मृत्यु


  • 5.4K
    Shares

    कोरोना संक्रमणबाट माओवादी नेतृ  घर्तीको मृत्यु
    images

    कोरोना संक्रमणबाट नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्ती मगरको मृत्यु भएको छ । नेतृ घर्तीको शुक्रबार बिहान ५ बजे दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

    माडी गाउँपालिका-५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा बसेर अल्लो व्यवसायसँगै राजनीतिमासमेत क्रियाशील हुँदै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध थिइन् ।

    कोरोना सङ्क्रमणपछि उनलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पताल ल्याइएको थियो। घर्तीको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिए ।

    कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुन् । यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाइसकेका छन् ।

    जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३८ पुगेको छ । तीमध्ये ८३ जना जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा छन् भने ४५० जना होमआइसोलेशनमा बसेका छन् ।

    सङ्क्रमितमध्ये ६५ जना निको भइसकेका छन् । जिल्लामा आइसीयू र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुनसकेको छैन । जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या उस्तै छ । रासस

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - ११:१०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij