Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

अस्ट्रेलियामा एक अर्ब डलरमा सबैभन्दा अग्लो ९१ तले भवन बनाउँदै ट्रम्प

अस्ट्रेलियामा एक अर्ब डलरमा सबैभन्दा अग्लो ९१ तले भवन बनाउँदै ट्रम्प


  • 442
    Shares

    अस्ट्रेलियामा एक अर्ब डलरमा सबैभन्दा अग्लो ९१ तले भवन बनाउँदै ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ‘ट्रम्प अर्गनाइजेसन’ले अस्ट्रेलियामा गगनचुम्बी भवन बनाउने घोषणा गरेको छ । कम्पनीका कार्यकारी उपाध्यक्ष एरिक ट्रम्पका अनुसार यो प्रस्तावित टावर अस्ट्रेलियाको अहिलेसम्मकै सबैभन्दा अग्लो भवन हुनेछ ।

    यो परियोजना क्विन्सल्यान्डको गोल्ड कोस्टमा निर्माण  गरिनेछ  । यसको उचाइ ३३५ मिटर हुनेछ, जुन लन्डनको प्रसिद्ध ‘शार्ड’भन्दा पनि अग्लो हो ।

    एरिकले अस्ट्रेलियामा यो कम्पनीको पहिलो आधिकारिक परियोजना हुने र यसले देशमा विश्वस्तरीय लक्जरी ब्रान्डको प्रतिष्ठा र आकर्षण ल्याउने बताएका छन् । 

    बीबीसीका अनुसार ‘ट्रम्प इन्टरनेसनले होटेल एन्ड टावर, गोल्ड कोस्ट’को अनुमानित लागत कम्तीमा एक अर्ब डलर रहने बताइएको छ । होटेल निर्माण गर्ने ‘अल्टस प्रोपर्टी ग्रुप’का अनुसार यो ९१ तले भवनको निर्माण अगस्टदेखि सुरु हुनेछ ।

    राष्ट्रपति ट्रम्पले आफूले कम्पनीको व्यवस्थापनबाट दूरी बनाएको बताउँदै आएका छन् । तर, उनको कम्पनीले पाउने सम्भावित अनुचित लाभमाथि प्रश्नहरू उठेका छन् । ट्रम्प अर्गनाइजेसन बेलायत र एसियासहित विश्वका २० भन्दा बढी स्थानमा सक्रिय छ ।

    राष्ट्रपतिको रूपमा उनको प्रभावका कारण कम्पनीलाई अनुचित रूपमा फाइदा भइरहेको भन्दै डोनाल्ड ट्रम्पले आलोचनाको सामना गर्नुपरेको छ । यद्यपि, उनले आफ्नो दोस्रो कार्यकाल सुरु हुनुअघि पदमा रहँदा व्यवसायको व्यवस्थापनमा कुनै हस्तक्षेप नगर्ने वाचा गरेका थिए ।

    फोर्ब्सका अनुसार २०२३ पछि ट्रम्पको कुल सम्पत्ति करिब दोब्बर भएको छ । यद्यपि, कम्पनी विभिन्न विवादहरूमा मुछिएको छ । सन् २०२१ मा कंग्रेस समितिको एक छानबिन प्रतिवेदनले ट्रम्पले आफ्नो वासिंटन डीसीस्थित होटेलको नाफालाई बढाइचढाइ प्रस्तुत गरेको उल्लेख गरेको थियो । बीबीसी

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - ११:०१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij