२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न आदेश दिएको छ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो। उनलाई सर्वोच्च अदालतका सह-रजिस्ट्रारको रोहबरमा छोड्नु भनिएको छ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘यस अदालतको मुद्दा महाशाखा हेर्ने सह-रजिस्ट्रारको रोहबरमा रिहा गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ।’
कट्टेलको पार्टीले प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गरेको थियो। चुनाव बिथोल्न खोजेको भन्दै उनलाई माघ ६ गते पक्राउ गरिएको थियो।
त्यसका विरुद्ध उनका छोरा रुपेश कट्टेलले फागुन ८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। त्यसमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij