२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । निर्वाचनको बेला सात दिन सार्वजनिक बिदा हुने भएको छ।
प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तय भएको छ। त्यसका लागि सरकारले तीन दिन बिदा दिने निर्णय गरेको छ। यससँगै चुनावको अवधिमा सात दिन सार्वजनिक बिदा पर्ने भएको हो।
चुनावको तीन दिनअघि होली परेको छ। होलीका लागि फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा रहेको छ। त्यसको भोलिपल्ट फागुन १८ गते तरार्यका जिल्लामा सार्वजनिक बिदा रहेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको एक दिनअघि र एक दिनपछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार, फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा हुने भएको छ।
त्यसपछि फागुन २२ गते शनिबार भएकाले सार्वजनिक बिदा रहेको छ। त्यसको भोलिपल्ट फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ। त्यो दिन पनि सार्बजनिक बिदा हुने गरेको छ।
यसरी चुनावको समयमा फागुन १८ देखि २४ गतेसम्म एक साता सार्वजनिक बिदा परेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij