Logo

२०८२ फाल्गुण १३ गते बुधवार

२०८२ फाल्गुण १३ गते बुधवार

निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा

निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा


  • 575
    Shares

    निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताए । 

    उनले पथरीमा निर्माण भएको ३५ करोडको खानेपानी ट्याङ्की र ३० वर्षदेखि अलपत्र रहेको पथरी-डायनिया-सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धिको रूपमा प्रश्तुत गरे । डा. शर्माले गत ३५ वर्षदेखि सुकुम्वासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि आफूले ठोस पहल गरेको बताए । 

    शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रुचि रहेको बताउँदै डा। शर्माले २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी आउने र ५ वर्षभित्र ५०० शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण हुने घोषणा गरे । 

    आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै उनले २०७९ को निर्वाचनमा जस्तै अपार माया र आशीर्वादको अपेक्षा गरे ।  

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १७:५६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij