Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एनआईसी एशिया बैंकका ग्राहकले अपोलो हस्पिटलमा उपचार गर्दा १० प्रतिशत सम्म छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले अपोलो हस्पिटलमा उपचार गर्दा १० प्रतिशत सम्म छुट पाउने


  • 1.4K
    Shares

    एनआईसी एशिया बैंकका ग्राहकले अपोलो हस्पिटलमा उपचार गर्दा १० प्रतिशत  सम्म छुट पाउने
    images

    काठमाडौं । एनआईसी एशिया बैंक र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरे ।

    यस बैंकका ग्राहक महानुभावहरुले ln-patient room charge, preventive health check packages / Attendees health checkup  सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् र Outpatient investigation मा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ । 

    साथै, Complimentary registration fees, Access to international patient lounge जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् । यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत  Appointment लिने बैंकका ग्राहक महानुभावहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटलरहस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

    उक्त सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।  

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १३:०७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij