Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


  • 1.5K
    Shares

    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    काठमाडौं । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका-८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको मोटरसाइकल सोमबार राति नालामा खस्दा मोटरसाइकलका चालक मकवानपुरको बकैया गाउँपालिका-८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १२:५१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij