Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

निर्वाचनको मुखमा कृत्रिम अभाव र महँगी बढाएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको चेतावनी

निर्वाचनको मुखमा कृत्रिम अभाव र महँगी बढाएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको चेतावनी


  • 421
    Shares

    निर्वाचनको मुखमा कृत्रिम अभाव र महँगी बढाएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको चेतावनी

    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संसदीय निर्वाचनको प्रचारप्रसारका क्रममा जनतालाई झुटा आश्वासन बाँडिएको भन्दै आपत्ति जनाएको छ। 

    पार्टीका प्रवक्ता सुदर्शनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकातिर संसद्वादी दलहरू चुनावको नाममा जनताको घरदैलोमा दौडिरहेको र अर्कोतिर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी जनताको ढाड सेक्ने काम भइरहेको बताएका हुन्। 

    निर्वाचनको तडकभडकका बिच पेट्रोलियम पदार्थको मूल्यवृद्धि, खाना पकाउने ग्यासको अभाव र कालोबजारी बढ्नु अत्यन्त गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ। पार्टीले राज्यसत्तासँग ग्यास तथा अन्य अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने तत्वहरूको तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरेको छ। 

    बजार अनुगमनलाई तीव्रता दिएर कालोबजारी हटाउन र सर्वसाधारणका लागि उपभोग्य वस्तुहरू सर्वसुलभ बनाउन सरकारलाई दबाब दिएको छ। चुनावको माहोलमा व्यवसायी र राजनीतिक दलहरू मिलेर जनतालाई सास्ती दिएको भन्दै पार्टीले यसप्रति कडा निगरानी राख्ने जनाएको छ।

    विज्ञप्तिमार्फत क्रान्तिकारी कम्युनिस्ट पार्टीले सरोकारवाला निकाय, राजनीतिक दल र व्यवसायीहरूलाई जिम्मेवार तथा उत्तरदायी बन्न विशेष आग्रह समेत गरेको छ। 

    बजारमा व्याप्त बेथिति र कालोबजारी नियन्त्रण नगरे वर्तमान राज्यसत्ताकै विरुद्ध जनआक्रोश बढ्ने चेतावनी दिँदै पार्टीले जनपक्षीय कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १२:३१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij