Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

धादिङ दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु

धादिङ दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु


  • 1.0K
    Shares

    धादिङ दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु
    images

    काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदी रहेका छन् ।  उपचारको क्रममा उनको ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले बताएका छन् ।

    फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग।२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।  

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - ११:२३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij